मंग्सिर २, २०८३ बुधबार November 18, 2026

बोन्डी अभियुक्तलाई अस्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिड्नी, पुस २ गते । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अकरमलाई ५९ वटा अपराधको आरोप लगाएको छ, जसमा १५ वटा हत्या र एक आतंककारी कार्य गरेको आरोप लगाइएको छ । अधिकारीका अनुसार नाभिद र उनका बुबा साजिद अकरमले आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुन्द्र तटमा भएको यहुदी उत्सवमा गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका थिए ।

मङ्गलबार कोमाबाट उठेपछि बुधबार अकरम प्रहरीको निगरनीमा अस्पतालमा उपचाररत रहेको जनाइएको छ । दोस्रो कथित बन्दुकधारी, अकरमका ५० वर्षीय बुवा साजिदको रूपमा पहिचान गरिएको छ, जसको आक्रमण स्थलमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

हत्या र आतङ्कवाद अपराधका साथै, नावीद अकरमलाई गम्भीर शारीरिक क्षति पुर्‍याउने उद्देश्यले बन्दुक चलाएको, सार्वजनिकरूपमा प्रतिबन्धित आतङ्कवादी प्रतीक प्रदर्शन गरेको र क्षति पुर्‍याउने उद्देश्यले भवनमा विस्फोटक राखेको र हत्याको ४० वटा अभियोग लगाइएको थियो । अधिकारीले आक्रमण इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको र नावीद अकरमको गाडीमा इस्लामिक स्टेटका दुई वटा झण्डा र इम्प्रोभाइज्ड विस्फोटक उपकरण फेला परेको पुष्टि गरे ।

आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आक्रमणपछि चार बालकसहित ४१ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । बुधबारसम्म, २० जना घाइते व्यक्ति सिड्नी अस्पतालमा उपचाररत रहेका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया