श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बिरामीको स्वास्थ्योपचार खुलाचौरमा

स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा जीर्ण रहेको भवनमा सेवा प्रवाह हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भवन अभावका कारण बिरामीको स्वास्थ्योपचार खुलाचौरमा हुँदै आएको छ।

गाउँपालिकाको केन्द्रमा रहेको वडा नं ६ धुलाचौर आधारभूत स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामीलाई राख्ने कोठा नहुँदा खुलाचौरमा सेवा प्रवाह हुँदै आएको स्वास्थ्य केन्द्रले जनाएको छ।

चिसो बढेपछि बिरामीको चाप बढ्दै गएकाले उनीहरुलाई राख्ने कोठा नहुँदा स्वास्थ्य केन्द्र बाहिर राखेर उपचार सेवा प्रवाह गर्दै आएको स्वास्थ्य केन्द्रकी सहायक इञ्चार्ज विमला पाण्डेले जानकारी दिइन्।

उनले दिएको जानकारीअनुसार स्वास्थ्य सेवा केन्द्र प्रशासनिक र अन्य भिडियो, एक्सरे सेवा प्रवाह गर्ने प्रयोग गरिएकाले अन्य उपचारका लागि आएका बिरामीलाई कोठा अभाव रहेको बताएकी छन्।

गाउँपालिकाको केन्द्रमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक रुपमा २० बढी बिरामी आउने गरेका छन्। स्वास्थ्य केन्द्रमा ज्वरो, पखाला लाग्ने र अन्य प्रकृतिका बिरामी आउने गरेको सहायक पाण्डेले बताइन्।

स्वास्थ्य सेवा केन्द्रबाट गर्भवतीको भिडियो जाँच, एक्सरे, सुरक्षित मातृत्व र जनरल सेवा प्रवाह हुँदै आएकाले बिरामीको चाप दैनिक रुपमा बढ्दै गएको उनले बताइन्।

स्वास्थ्य सेवा केन्द्रमा एक हप्तादेखि लगातार बिरामीको चाप बढ्न थालेको पाण्डेको भनाइ छ। उपचारमा आएका बिरामीलाई सरकारलेबाट पाइने निःशुल्क औषधि पर्याप्त भए पनि बिरामीको उपचार कक्ष नहुँदा स्वास्थ्य सेवा केन्द्र बाहिरको चौरमा उपचार सेवा दिनुपरेको उनी बताउँछिन्।

गाउँपालिकाले पालिकामा आउने नगारिकको स्वास्थ्य सेवाको उपचारका लागि सञ्चालन गरेको स्वास्थ्य सेवा केन्द्रमा स्थानीयभन्दा बढी छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय बढी सेवा लिन आउने गरेको छन्।

उक्त गाउँपालिकाले करारका कर्मचारी हटाएपछि उपचारका लागि धुलाचौरमा आउनुपरेको उपचारमा आएका एक बिरामीले आफूलाई गुनासो गरेको स्वास्थ्य केन्द्र सहायक पाण्डेको भनाइ छ।

गाउँपालिकाको स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा जीर्ण रहेको भवनमा सेवा प्रवाह हुँदै आएको छ। भवनको निर्माण भएकाले निर्माण कम्पनीले हस्तान्तरण गर्न ढिलाइ गरेको हिमाली गाउँपालिकाले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार
फरार प्रतिवादी पक्राउ
२०८३ श्रावण १९, मंगलबार