श्रावण १९, २०८३ मंगलबार August 4, 2026

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ पुसः हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।

नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीमा परीक्षण गर्दा झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम खोकी, ३० प्रतिशत र मधुमेहका बिरामी १५ प्रतिशत रहेको मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ । उहाँका अनुसार १५ वटा विद्यालयका झण्डै दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २० जनामा मुटुरोगको समस्या रहेको र तीमध्ये चारजनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ । शिविरमा बिरामीको इको तथा इसिजी परीक्षण गरिएको थियो, भने लोमस फर्माबाट उपलब्ध गराइएको करिब पाँच लाख मूल्यका औषधि वितरण गरिएको थियो । शिविरमा डा उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले परीक्षण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
सर्वोच्चमा २८ हजार मुद्दा विचाराधीन
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार