कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वगृहसचिव, आईजीपी र सीडीओको विदेश भ्रमण र स्थान हद फुकुवा

आन्दोलनका विषयमा उहाँहरुसँग बयान लिएपछि स्थान हदको निर्णय फुकुवा गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस ८ गते । जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ । अनुसन्धानका लागि बयान लिन भन्दै आयोगले यसअघि स्थान हदको निर्णय गरेको थियो ।

मंगलबार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ र काठमाडौँका  प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको स्थान हद फुकुवा गरेको हो ।

आयोगले उहाँहरुको स्थान हदको निर्णय फुकुवा गर्ने निर्णय गरेकोे विज्ञप्तिमार्फत् जानकारी गराएको छ । आयोगले आन्दोलनका विषयमा उहाँहरुसँग बयान लिएपछि स्थान हदको निर्णय फुकुवा गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार