कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सरकारी अनुगमन टोली नेपाली कम्युनिष्ट पार्टी कार्यालय कोटेश्वर पुग्यो

समितिले अनुगमनपछिको निष्कर्ष सरकारलाई प्रतिवेदनका रूपमा पेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय अनुगमन गरेको छ। जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली पार्टी कार्यालय रहेको पेरिसडाँडा पुगेको हो।

अनुगमनका क्रममा समितिका सदस्यहरूले आगजनीबाट भएको भौतिक क्षति, सुरक्षाको अवस्था तथा कार्यालय सञ्चालनमा परेको प्रभावबारे जानकारी लिएका छन्। उनीहरूले घटनाको वास्तविक अवस्था बुझ्दै शान्ति सुरक्षा कायम गर्न तथा क्षति न्यूनीकरणका उपायबारे सरोकारवालासँग छलफल समेत गरेका छन्।

यसअघि आजै समितिको टोलीले नेपाली कांग्रेस र नेकपा (एमाले) का पार्टी कार्यालयको पनि अनुगमन गरेको थियो। जेन–जी आन्दोलनका क्रममा ती कार्यालय आसपासमा भएको तोडफोड तथा आगजनीका घटनापछि उत्पन्न परिस्थितिको समग्र मूल्याङ्कन गर्न अनुगमन गरिएको समितिले जनाएको छ।

सरकारले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य बुझ्न, राजनीतिक दलहरूबीच संवादको वातावरण बनाउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पहलका लागि राजनीतिक संवाद समिति गठन गरेको हो। समितिले अनुगमनपछिको निष्कर्ष सरकारलाई प्रतिवेदनका रूपमा पेश गर्ने तयारी गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार