कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘मुलुुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छ’ – मन्त्री घिसिङ

उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता, विकास र युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० पुस : ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको मार्गमा अघि बढाउन नयाँ पुस्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज यहाँ आयोजित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहनुभएका मन्त्री घिसिङले वर्तमान राजनीतिक अवस्था परिवर्तनको निर्णायक मोडमा रहेको उल्लेख गर्दै युवा र नयाँ राजनीतिक शक्तिहरूबीचको एकताले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताउनुभयो ।

संरक्षक घिसिङले पछिल्लो समय देखिएको जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनालाई सकारात्मक दिशामा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थितिले देशमा परिवर्तनको चाहना प्रष्ट देखिएको छ । यसलाई सुशासन र समृद्धिको दिशामा लैजान युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”

उहाँले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउन पूर्ण रूपमा कटिबद्ध रहेको उल्लेख गर्दै सो निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा पनि नयाँ राजनीतिक शक्तिहरूको उदयको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्यायले पार्टी देशलाई समृद्धिको बाटोमा डो¥याउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता, विकास र युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार