कार्तिक २५, २०८३ बुधबार November 11, 2026

निर्माणाधीन कमला पुल निरीक्षणमा मन्त्री गुप्ता

मन्त्री गुप्ताको निरीक्षणपछि पुल निर्माणले गति लिनेमा विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल समयमै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। आज पुल निरीक्षण गर्दै मन्त्री गुप्ताले भने, ‘पुल निर्माण तीव्र गतिमा भइरहेको पाएँ, नयाँ पुल बनाउन समय लाग्छ, अहिले यही पुलको काम छिटो पूरागरी सञ्चालनमा आउनुपर्छ।‘

निरीक्षणका क्रममा मधेस प्रदेशका जेनजी संयोजक शिव यादवले पुलको अवस्थाबारे जानकारी गराएका थिए। निरीक्षणपछि मन्त्री गुप्ताले एक महिनाभित्र चारपाङ्ग्रे सवारी सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

स्थानीय युवा सन्तोष यादवले मन्त्री गुप्ताको निरीक्षणपछि पुल निर्माणले गति लिनेमा विश्वास व्यक्त गरे।

यसअघि मन्त्री गुप्ताको पहलमा गत मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि पुलको स्थलगत निरीक्षण गरेका थिए। त्यस क्रममा मन्त्री घिसिङले निर्माण कम्पनीलाई चाँडै पुल सम्पन्न गर्न निर्देशन दिएका थिए।

विसं २०६८ मा तीन वर्षभित्र निर्माण सक्ने सम्झौता भए पनि पटकपटक म्याद थपिँदा १३ वर्ष बितिसक्दा पनि पुल अधुरै छ। पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी विल्डर्सले गर्दै आएको छ। विसं २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा थप क्षति भएको थियो। कूल ४६९ मिटर लामो पुलको हाल ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार