श्रावण १९, २०८३ मंगलबार August 4, 2026

वीरेन्द्र अस्पतालको शतवार्षिकी सम्पन्न

चिकित्सा क्षेत्रमा विशेष योगदान पु¥याउने प्रथम कमाण्डिङ अफिसर वरिष्ठ शल्यचिकित्सकलाई प्रधानसेनापतिको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ पुसः नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १००औँ वर्ष पूरा गरेको छ । सो अवसरमा सोमबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जङ्गीअड्डास्थित सभामण्डपमा विविध कार्यक्रम गरी वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

सैनिकका रूपमा राष्ट्रपतिको कर्तव्य र स्वास्थ्यकर्मीका कठिन जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी वीरेन्द्र अस्पतालको चिकित्सा क्षेत्रमा विशेष योगदान पु¥याउने प्रथम कमाण्डिङ अफिसर वरिष्ठ शल्यचिकित्सक प्राविधिक सहायक रथी मदनमान मल्ल र मेट्रोन प्राविधिक प्रमुख सेनानी विन्दु श्रेष्ठलाई प्रधानसेनापतिद्वारा सम्मान गरिएको थियो ।

अस्पतालका ‘कमाण्डाण्ट’ प्राविधिक सहायक रथी डा नम्रता रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृत, सैनिक श्रीमती सङ्घका पदाधिकारी, विभिन्न अस्पताल एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

शतवार्षिकी कार्यक्रम मनाउने क्रममा यही पुस १३ गते छाउनीस्थित वीरेन्द्र अस्पतालको प्राङ्गणमा प्रधानसेनापतिबाट नवनिर्मित वीर स्मारकको अनावरण गरिएको नेपाली सेनाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार
फरार प्रतिवादी पक्राउ
२०८३ श्रावण १९, मंगलबार