मंग्सिर २, २०८३ बुधबार November 18, 2026

हिंसामा १५ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको कङ्गोको दाबी

पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किन्शासा(कङ्गो), १८ पुस । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ ।

कङ्गो सरकारले विज्ञप्तिमा, प्रान्तका धेरै क्षेत्रहरूमा, विशेष गरी कामान्योला–उभिरा अक्षमा हिंसा बढेको बताएको छ, जहाँ सशस्त्र कारबाहीले ठूलो मात्रामा विस्थापन निम्त्याएको छ । यसैबीच, निरन्तर असुरक्षाको बीचमा पाँच लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।

सरकारले हिसां बिस्तारै दक्षिणतिर सरेको उल्लेख गर्दै दक्षिण किभुका उभिरा, फिजी र म्वेङ्गासहित धेरै क्षेत्रहरूलाई असर गरेको जनाएको छ ।

अधिकारीहरूले विद्यमान प्रतिबद्धता र अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै यस क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूलाई बढ्दो अवस्थाको श्रेय दिएका छन् ।

सरकारले राष्ट्रव्यापी रूपमा राज्यको अधिकार पुनस्र्थापित गर्ने र कूटनीतिक र न्यायिक प्रयासहरु मार्फत जिम्मेवारहरूका लागि जवाफदेहिता खोज्ने आफ्नो दृढतालाई देखाएको छ ।

पूर्वी डीआरसीले दशकौँको अस्थिरताको सामना गरेको छ, जुन अवस्था सन् २०२१ को अन्त्यमा मार्च २३ को आन्दोलन विद्रोही समूहको पुनरुत्थानपछि अझ बिग्रिएको छ । किन्शासाले बारम्बार छिमेकी रुवान्डालाई विद्रोही समूहलाई समर्थन गरेको आरोप लगाएको छ भने किगालीले आरोपलाई अस्वीकार गरेको छ । राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया