श्रावण १८, २०८३ सोमबार August 3, 2026

औषधि व्यवस्था विभागद्वारा औषधि फिर्तासम्बन्धी सूचना जारी

ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनु हुन सबैलाई अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ पुसः औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो ।

ब्याच नं ‘बिबी-२४००१’ को औषधि बजारबाट फिर्ता गर्न भनिएको हो । यो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । उक्त औषधि ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ । विभागले उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनु हुन सबैलाई अनुरोध गरेको छ ।

राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया