श्रावण १८, २०८३ सोमबार August 3, 2026

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल

बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए ।

“बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,” उनले भने । कार्यकारी निर्देशक डा रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए ।

निमित्त कार्यकारी निर्देशक पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख हुन् । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार उनलाई बोर्ड र नीति तथा योजनामा महाशाखा दुवै हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया