दुबई, संयुक्त अरब इमिरेट्स, माघ २१ गते । इरानका राष्ट्रपति मासउद पेजेस्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिनु भएको छ । त्यसैबिच, अमेरिकी नौ सेनाले एक इरानी ड्रोनमाथि आक्रमण गरेको छ, जसले अमेरिकाको विमानवाहक पोत नजिक उडान भरेको थियो ।
इरानी क्रान्तिकारी गार्डका तीव्र गतिका डुङ्गाले पनि ‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए । अमेरिकी व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भन्नुभयो, “राष्ट्रपति ट्रम्प सँधै कूटनीतिक उपायमा विश्वास गर्नुहुन्छ, तर सफल वार्ताका लागि दुवै पक्ष तयार हुनुपर्छ ।” अमेरिकी विशेष दूत स्टिभ विटकफ यसै साता टर्कीएमा इरानी अधिकारीसँग वार्ता गर्ने तयारीमा छन् ।
इरानी राष्ट्रपति पेजेस्कियनको यो कदमले उहाँले सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको समर्थन पाएका देखाएको छ । टर्कीएले वार्ता आयोजना गर्न पहल गरिरहेको छ भने ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरिएको छ ।
वार्ताको भविष्य
इरान र अमेरिकाबिच वार्ता मुख्य रूपमा न्यूक्लियर मुद्दामा केन्द्रित रहने छ । इरानी सल्लाहकार एली शामखानीले भन्नुभयो, “इरानले परमाणु हतियार कहिल्यै चाहँदैन, तर यसको बदलामा अन्य पक्षले मूल्य तिर्नुपर्छ ।” रासस/एपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया