भाद्र ९, २०८३ मंगलबार August 25, 2026

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

भेनेजुएलामा विपक्षीले मादुरोलाई अपदस्थ गरे पछि नयाँ चुनाव गराउन माग गर्दै आएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काराकस, माघ २१ गते । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीले भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागु औषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन्  ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्क्रमणको चुनौतिसँग लडिरहनुभएको छ भने वासिङ्टनबाट उहाँको सरकारमा मादुरो सहयोगी र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ । प्रदर्शनकारी, मध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदार थिए भने उनीहरुले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए । सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो ।

प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराए र मादुरोका समाजवादी पूर्ववर्ती ह्युगो चावेजको नाम राखिएको रातो रङको पहिरन लगाएका थिए । यस अघि ‘समृद्ध र लोकतान्त्रिक’–रोड्रिगेज मादुरोको कट्टर समर्थक थिए र उहाँको उपराष्ट्रपतिको रूपमा सेवा गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र  भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताउनुभएको छ ।

दबाबमा रोड्रिगेजले राजनीतिक बन्दीलाई मुक्त गर्न र भेनेजुएलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थाल्नुभएको छ । मङ्गलबार, अमेरिकी मिसनले जारी गरेको भिडियोमा, उहाँले सङ्कटग्रस्त दक्षिण अमेरिकी देशका लागि तीन चरणको योजनालाई औंल्याउँदै “मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक भेनेजुएलामा सङ्क्रमण” समाप्त भयो । स्वतन्त्रता ’सडकमा’-यस अघि मङ्गलबार सयौं विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तले पनि रोड्रिगेजले वाचा गरेको कानुनको द्रुत स्वीकृतिका लागि माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

रोड्रिगेजले रिहाइका लागि आवश्यक कानुनमा “गहन”काम गरिरहेको उल्लेख गर्दै यसले राजनीतिक हिंसा, चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न अनुमति दिने बताउनु भएको छ । भेनेजुएलामा विपक्षीले मादुरोलाई अपदस्थ गरे पछि नयाँ चुनाव गराउन माग गर्दै आएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार