असार १०, २०८३ बुधबार June 24, 2026

‘२५ घटकलाई एकताबद्ध गरिसक्यौँ, चुनाव जित्ने वातावरण बन्दैछ’ : प्रचण्ड

नेकपा नै सबैभन्दा नयाँ शक्ति हो, पुरानो त रास्वपा नै हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म पार्टी नेतृत्वमा २५ वटा राजनीतिक घटकलाई एकताबद्ध गराइसकेको दाबी गर्नुभएको छ। उहाँले आगामी निर्वाचनमा नेकपाको पक्षमा देशभर अनुकूल वातावरण बन्दै गएको र अधिकांश क्षेत्रमा पार्टीले जित हासिल गर्ने सम्भावना बलियो देखिएको बताउनुभयो।

नेकपाले आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले अहिलेको राजनीतिक परिस्थितिमा नेकपा पहिलो पार्टीका रूपमा उदाउने आधार तयार भइरहेको जिकिर गर्नुभयो। उहाँका अनुसार संगठन विस्तार, गठबन्धन र वैचारिक स्पष्टताका कारण जनताको भरोसा नेकपातर्फ बढ्दै गएको छ।

कार्यक्रममा बोल्दै दाहालले आफूलाई ‘नयाँ’ भनेर प्रस्तुत गर्ने दलहरूप्रति कटाक्ष गर्दै नयाँपनको मापन विचार, सिद्धान्त र एजेन्डाबाट हुने स्पष्ट पार्नुभयो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उहाँले नयाँ भनिने शक्तिसँग स्पष्ट वैचारिक आधार नभएको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, ‘नयाँ र पुरानोको कुरा गरेका छन्। के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ। गणतन्त्रभन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा हो। सबैलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा के छ ?’

दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, पहिचान र अधिकारको एजेन्डा नै देशको सबैभन्दा प्रगतिशील र नयाँ विचार भएको उल्लेख गर्नुभयो। ती एजेन्डा ल्याउने शक्ति नेकपा नै भएको दाबी गर्दै उहाँले आफूलाई नयाँ भन्नेमध्ये कतिपय दलहरू वैचारिक रूपमा उदार पूँजीवाद र दलाल पूँजीवादको प्रवर्द्धनमा केन्द्रित रहेको आरोप लगाउनुभयो।

‘नेकपालाई पुरानै कित्तामा राख्ने प्रयास भइरहेको छ, तर वास्तवमा सबैभन्दा पुरानो त रास्वपा नै हो,’ उहाँले भन्नुभयो, ‘उदार पूँजीवाद र दलाल पूँजीवादलाई प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? त्यसैले हामी भन्छौँ—नयाँ हामी हौँ।’

संयोजक दाहालले अब देशको नेतृत्व नेकपाले लिनुपर्ने समय आएको उल्लेख गर्दै पार्टी पंक्तिलाई आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिन आग्रह गर्नुभयो। गणतन्त्र र संघीयताभन्दा नयाँ कुनै एजेन्डा नरहेकाले ती उपलब्धिलाई संस्थागत गर्दै देशको नेतृत्व लिन नेकपा तयार रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी नेताहरूले पनि निर्वाचनमा पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै संगठन सुदृढीकरण र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार