असार २३, २०८२ सोमबार July 7, 2025

साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्।

साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको जानकारी गराएको छ।

साउदीमा कोरोना संक्रमणबाट रोजगार गुमाएर वा कन्ट्याक्ट सकाएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै समस्यामा परेका छन् । स्वदेश फिर्ताको लागि नेपाली दुतावासबाट नामावली सार्वजनिक हुनुपर्ने, समयमा हवाई उडान नहुने, हवाई टिकट मुल्य साविकभन्दा बढी तिर्नुपर्ने, ट्राभल एजेन्सीले सही समय व्यवस्थापन नगरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उपलब्ध गराउनु पर्ने आदि विविध झनझटिलो प्रक्रियाले निराश भएका छन्।

वाणिज्य दुतावास जेद्धाका अनुसार स्वदेश फिर्ताको लागि तत्काल २ हजार ६ सय नेपाली तयार रहनुको साथै सेप्टेम्बर महिनामा जेद्धा शहरबाट ३ उडान हुनेछ भने ७ सय ७० जना स्वदेश फिर्ता हुने आजको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार