बैसाख २६, २०८३ शनिबार May 9, 2026

सर्लाहीमा सुरक्षा चुनौती, अज्ञात समूहको आक्रमणबाट इन्जिनियरको मृत्यु

चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।

जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रबार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटना मलंगवा नगरपालिका–१० क्षेत्रमा भएको हो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले नजिकबाट गोली प्रहार गरी फरार भएका थिए।

गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि मलंगवा अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको छातीको भाग, मुटुको नजिक गोली लागेको थियो। चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले प्रारम्भिक अनुसन्धानअनुसार अज्ञात समूहले गोली प्रहार गरेको जानकारी दिनुभयो। घटनास्थलबाट प्रमाण संकलन गरिएको र संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि व्यापक खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो।

घटनापछि मलंगवा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। हत्या पछाडिको कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार