असार २३, २०८२ सोमबार July 7, 2025

दम्पत्य जिवन यसरी सुखद् बनाउनुहोस (टिप्स)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विवाह पश्चात् आफ्नो दाम्पत्य जिवन सुखद् रहयो, यो सबैले चाहन्छ । तर पनि बिभिन्न कारणवश वैवाहिक जीवनमा आनन्दित हुन नसकेकोे र सुखि नभएको गुनासो दम्पति बीच आइरहन्छ ।

दाम्पत्य जिवनमा पति पत्नीबीच हुने असमझदारी र सुखद् दाम्पत्य विवनका लागि आवश्यक पर्ने केहि टिप्स उल्लेख गरिएको छ ।

भावनाको पहिचान

अधिकांसको बानि आफुले चाहेअनुसारको जीवन जिउनु हुन्छ । जिवनमा एक सहयात्री भइसकेपछि सहयात्रीको विचार र भावना बुझेर कार्य सम्पादन गर्न सकियो भने दाम्पत्य जिवन सुखद् बन्नेछ । दाम्पत्य जीवनको मुख्यमन्त्र भनेको जीवनसाथीको विचार तथा भावना बुझेर अगाडि बढ्नु हो । पार्टनरको कुरा सुन्नुभन्दा आफ्नो सुनाउन बढी आतुर हुँदा समस्या सिर्जना हुन्छ । यस्तै कारणले पुराना दम्पतीबीच पनि फाटो आइरहेको हुन्छ ।

उत्प्रेरणा र तनावलाई बुझ्नु

पतिपत्नीबीचको सन्तुलित यात्राविना जीवन पक्कै आनन्ददायी हुँदैन । एकअर्काको उत्प्रेरणाकै कारण यात्रा सही रूपमा अगाडि बढाउन सकिन्छ । प्रायः जीवनसाथीबीच उत्प्रेरणा जगाउनुभन्दा कमजोरीलाई अघि सारेर होच्याइन्छ । यसो गर्दा उनीहरूबीच ठूलो फाटो आउँछ ।

एक–अर्काप्रति सम्मान

पतिपत्नीले एकअर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दामपत्य जीवन सुखमय बनाउन एकअर्काप्रति सम्मान गर्नुपर्छ । धेरै दम्पतीहरूको एउटै गुनासो हुन्छ, ‘तिमीले मलाई बुझेनौँँ ।’ त्यसैले, एकअर्कालाई बुझ्नु भनेको एकअर्काप्रतिको विचार, भावना र व्यवहारप्रतिको सम्मान गर्नु हो ।

सम्बन्धलाई अर्थपूर्ण बनाउनु

प्रत्येक पतिपत्नी आफ्नो सम्बन्ध विशेष होस् भन्ने चाहन्छन् । कतिले समाजमै चर्चा होस् भन्ने पनि चाहन्छन् । यसका लागि पतिपत्नी सामाजिक कार्यक्रममा सँगै भाग लिने गर्नुपर्छ । कतिपय पत्नी पतिसँगै जान्छुभन्दा पनि पति साथै लैजान हिच्किचाउँछन् । दुवैजना सामाजिक कार्यक्रममा सँगै गएर योगदान पु¥याउँदा अपूर्व सन्तुष्टि मिल्छ । जसले गर्दा दाम्पत्य जीवन रोचक एवं अर्थपूर्ण बनाउन सकिन्छ ।

हरेक कुरालाई नवीन रूपमा हेर्नु

एउटै कुरा सधैँ दोहोरिँदा दिक्क लाग्नु स्वाभाविकै हो । यो पुरुषमा अलि बढी नै हुन्छ । धेरैजसो विवाहित पुरुष पत्नीलाई समय धेरै नदिने र सम्बन्ध पुरानो हुँदै जाँदा सम्बन्धमा रुचि कम हुँदै गएको विभिन्न मनोवैज्ञानिक अनुुसन्धानमा उल्लेख गरेको पाइन्छ । यसको समाधान भनेको सम्बन्धलाई ताजा राख्नु नै हो । यसका लागि हरेक व्यवहारलाई नवीन रूपमा हेर्ने कलाको विकास गर्नुपर्छ ।

सकारात्मक सोच र गल्ती स्वीकार

हरेक कुरालाई नकारात्मक रूपमा मात्र देख्ने धेरैको बानी हुन्छ । सहयात्रीको हरेक काममा खोट मात्र लगाउने बानीले सम्बन्धमा चिसोपना आउन सक्छ । यस्तो नकारात्मक सोचले घरको वातावरणमा समेत नराम्रो असर पु¥याउँछ । पतिपत्नीबीच सामान्य झगडा र मनमुटाब हुनु स्वाभाविक नै हो । तर, एकको गल्तीलाई अर्कोले औँल्याएर सकारात्मक रूपमा बुझाउन सकिन्छ । गल्ती भयो भने स्वीकार गर्न पनि पछि पर्नुहुँदैन ।

प्रेम, श्रद्धा र क्षमा

प्रेम यस्तो औषधी हो जसले शरीर, मन र भावनाको समस्यालाई पनि निको पार्छ । प्रेमको महत्वका बारेमा मनोविज्ञदेखि सद्गुरुसम्मले पनि धेरै चर्चा गरेको पाइन्छ । ‘प्रेम’ शब्द हेर्दा छोटो देखिए पनि अत्यन्त गहिरो विषय हो । कतिले प्रेमलाई स्वार्थ, सर्त परिपूर्ति गर्ने माध्यम पनि ठान्दछन् । वास्तवमा प्रेम त अकारण अनि निसर्त नै हुन्छ । पतिपत्नीबीच सुमधुर सम्बन्धका लागि प्रेम महत्वपूर्ण हुन्छ । एकअर्काको भावना बुझेर प्रेम गर्दै अघि बढ्नुपर्छ । एकअर्कामा श्रद्धा गर्ने र कुनै गल्ती भयो भने त्यसलाई ठूलो पारेर पार्टनरलाई दबाउनु हुँदैन । यसले पार्टनरको आत्मविश्वासमा कमी हुन्छ । प्रायः पतिपत्नीको सम्बन्ध एकअर्कालाई क्षमा गर्न नसकेका कारण भताभुङ्ग भएको हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया