असार १२, २०८३ शुक्रबार June 26, 2026

अफगानिस्तानले गर्यो पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा हवाई आक्रमण

रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाजमा हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ।

सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको हो ।

विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ औँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधाहरू तथा सैन्य स्थलहरू समावेश रहेको जनाइएको छ ।

तस्बिरहरूले चारवटा पाकिस्तानी हवाई अड्डाहरूमा आक्रमणबाट भएको क्षति देखाएको छ । जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन् ।

यसैबीच, अफगान रक्षा मन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रहरूमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ ।

प्रारम्भिक जानकारी अनुसार, यी आक्रमणहरूले उल्लेखित लक्ष्यहरूमा ठुलो क्षति पुर्याएको छ । अपरेसन पाकिस्तानी सेनाले काबुल, बगराम र केही अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणको जवाफमा गरिएको जनाइएको छ ।

थप आक्रमण वृद्धि विरुद्ध चेतावनी दिँदै मन्त्रालयले अफगान हवाई क्षेत्रको नियम उल्लङ्घनलाई कडा जवाफ दिइने बताएको छ । सीमापार आक्रमणको हालैका रिपोर्टहरूले दुई छिमेकी देशहरू बिचको तनावमा तीव्र वृद्धि भएको सङ्केत गर्दछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार