असोज ३०, २०८३ शुक्रबार October 16, 2026

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद गरिएको छ ।

उक्त कपडाको अन्दाजी मूल्य रु सात लाख १२ हजार रहेको छ । घटनामा संलग्न फार्म सञ्चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, रोहिणी गाउँपालिका–१ झोलुङ्गेपुल नजिक बेवारिसे अवस्थामा रहेका दुई मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद पेय पदार्थ तथा चकलेटको अन्दाजी मूल्य रु ७८ हजार ६०० तथा मोटरसाइकलको अन्दाजी मूल्य रु ५० हजार गरी कुल रु एक लाख २८ हजार ६०० बराबरका सामान नियन्त्रणमा लिइएको प्रवक्ता चन्दले बताउनुभयो ।

बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति
२०८३ असोज ३०, शुक्रबार
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार