असार १२, २०८३ शुक्रबार June 26, 2026

इरान आफ्नो भू-भाग र जनतालाई सुरक्षित राख्ने छ : इरानी राष्ट्रपति

“हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भू-भाग पनि शत्रुले कब्जा गर्न पाउने छैन ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, फागुन २४ गते । इरानी राष्ट्रपति मसउद पेजेस्कियनले आइतबार स्पष्ट रूपमा इरानीले आफ्नो देशको एक इन्च भू-भाग पनि शत्रुलाई कब्जा गर्न नदिने बताउनुभएको छ । उहाँले यो कुरा तेहरानमा स्वास्थ्यमन्त्री मोहम्मद-रेजा जाफरघन्दीसँगको बैठकमा साझा गर्नुभयो ।

राष्ट्रपतिका अनुसार, केही शत्रुले उहाँका शनिबारका पूर्व वक्तव्यलाई गलत अर्थमा लिइरहेका छन् र इरान र छिमेकी राष्टबिच भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन् । उहाँले भन्नुभयो,“ इरान सधैँ आफ्नो छिमेकी राष्ट्रसँग शान्तिपूर्ण र भाइचारा पूर्ण सम्बन्ध कायम राख्न इच्छुक छ ।” पेजेस्कियनले  थप स्पष्ट पार्नुभयो, “यदि कुनै देशको भूमिबाट इरानमाथि हमला हुन्छ भने, हामी आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न जवाफ दिन सक्छौँ । तर यसको अर्थ यो होइन कि हामी ती देश वा जनतासँग विवादमा छौँ । हामी ती प्रिय जनतालाई सम्मान गर्दै, जो क्षेत्रीय तनावबाट प्रभावित छन्, क्षमायाचना व्यक्त गर्दछौँ ।”

“हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भू-भाग पनि शत्रुले कब्जा गर्न पाउने छैन ।” फेब्रुअरी २८ मा, इजरायल र अमेरिकाले संयुक्तरूपमा तेहरान र अन्य शहरमा हमला गर्दा सुप्रीम लिडर आयातोल्लाह अली खमेनेईसहित वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इरानले मध्यपूर्वमा अमेरिकी र इजरायली बेसलाई लक्षित गर्दै बहु-लहरका मिसाइल र ड्रोन हमला गरिरहेको छ ।

यस द्वन्द्वले न केवल क्षेत्रीय तनाव बढाएको छ, तर तेल उत्पादन र विश्व ऊर्जा बजारमा असरको चिन्ता पनि उत्पन्न गरेको छ । इरानी संसदका सभापति मोहम्मद बघेर गालिबाफले भन्नुभयो,“युद्ध जारी रह्यो भने पश्चिमी एशियामा तेल उत्पादन र निर्यातमा असर पर्न सक्छ ।” उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तेल मूल्य सम्बन्धी टिप्पणीको आलोचना गर्दै भने कि मूल्य वृद्धिले पूर्वानुमान विपरित देखाएको छ । गालिबाफले थप्नुभयो, “यदि द्वन्द्व जारी रह्यो भने केवल अमेरिकी मात्र नभई अन्य देशको तेल उत्पादन र निर्यातमा पनि असर पर्न सक्छ । यसले क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने छ ।”रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार