असोज ३०, २०८३ शुक्रबार October 16, 2026

रसुवामा नौ जनाको धरौटी जफत

नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ सहित ९ जनाले १० प्रतिशत मत ल्याउनै सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रसुवा। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी ( विप्लब) का होमप्रसाद आचार्य रहेका छन्।

यसैगरी, स्वतन्त्र उम्मेदवारमा क्रमशः त्रय चित्रकुमारी देवकोटा, मिङ्मर तमाङ र सागर लामा रहनुभएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए।

सदरको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा सो प्रतिशत नपुगेका कारण उनीहरूको धरौटी जफत भएको र सो रकम राज्यकोषमा सदर गरिने जनाइएको छ।

नियमानुसार पुरूषकोभन्दा महिला उम्मेदवारको ५० प्रतिशत शुल्क कम हुने भएका कारण रसुवा जिल्लाबाट महिला उम्मेदवारका रूपमा एकमात्र चित्रकुमारी देवकोटा खडा भएका कारण उनको नाउँबाट पाँच हजार र अन्य पुरूष उम्मेदवारको हकमा रु १० हजारका दरले जम्मा भएको ९५ हजार सरकारको खातामा जाने बताइएको छ।

रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवारमध्ये नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएको र धरौटी फिर्ता पाउनेमा रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ रहेको बताइएको छ।

यस्तै, निर्वाचन ऐननियमअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन दल एवं स्वतन्त्र उम्मेदवारलाई आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार
चिकित्सा शिक्षा आयोगको बैठक सिंहदरबारमा सुरु
२०८३ असोज ३०, शुक्रबार