असार २२, २०८२ आइतबार July 6, 2025

डा. लोहनीको राजनैतिक प्रतिवेदन पारित, दुइ दिन भित्रै केन्द्रिय समितिको बैठक बस्ने तयारीमा राप्रपा (संयुक्त)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रा.प्र.पा. (संयुक्त)को उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पेश गरेको राजनैतिक कार्यपत्र बहुमतले पारित गरेको छ । अध्यक्ष पशुपतिशमशेर ज.ब.रा.को अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले भाद्र १९ र २० गते केन्द्रीय समितिको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय चाबहिलमा बसेको उकास बैठकमा कमल थापा नेतृत्वको राप्रपासँग पहिलो चरणको वार्ता प्रगतिबारे समेत छलफल भएको थियो ।

राजनितिक प्रतिवेदन पारित भएसँगै केन्द्रिय सचिवालय तथा सम्पादन समितिको बैठकमा पेश गरिने सो पार्टीका प्रवक्ता जनकराज पाठकले बताएका छन् । भाद्र १९ र २० गते बस्ने केन्द्रीय समिति तथा कार्य सम्पादन समितिको बैठकमा राजनितिक, आर्थिक लगायतका विभिन्न प्रतिवेदनहरू पेश गरिने र दशै तिहार लगत्तै विभिन्न कार्यक्रमहरू गरी जनतामाझ प्रस्तुत हुने समेत प्रवक्ता पाठकले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार