भाद्र ९, २०८३ मंगलबार August 25, 2026

इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमणको अन्त्यको आवश्यकतामा युक्रेनको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रियाद । युक्रेनले इरानी आक्रमणको विरुद्ध खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको समर्थन गर्ने पुष्टि गरेको छ । यसै बीच खाडी मुलुकहरू विरुद्धको इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमणको अन्त्यको आवश्यकतामा  युक्रेनले जोड दिएको छ ।

जिसिसीका महासचिव जसिम मोहम्मद अल बुदैवीले युक्रेनका विदेश मामिला मन्त्री एन्ड्री सिबिहासँग गरेको फोन वार्ताको माध्यमबाट यो समर्थन पुष्टि भएको जनाइएको छ ।

यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् ।

यस अवसरमा साझा हितका लागि जीसीसी–युक्रेनी सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
शिक्षामन्त्री पोखरेल र स्विट्जरल्याण्डका कावा राजदूत माथीयास मायरबीच भेटवार्ता
२०८३ भाद्र ८, सोमबार