असोज २८, २०८३ बुधबार October 14, 2026

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढोरपाटन (बागलुङ), ४ चैतः बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नं को पिकअप जीप बागलुङ नगरपालिका–४ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा आज भएको हो ।

दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “घाइतेहरूको उद्धार गरेर अहिले अस्पतालमा लिएका छौँ, गाडीमा सवार सबै यात्रु घाइते हुनुभएको छ, दुर्घटनाको खबर पाउँदा साथ प्रहरी खटिएर उद्धार गरेको हो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार
आजको मौसम : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस
२०८३ असोज २८, बुधबार