असोज २८, २०८३ बुधबार October 14, 2026

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

१२५ वटा योजनामध्ये हालसम्म १५ वटा मात्र योजनाको सम्झौता भई काम अगाडि बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला, ५ चैतः जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।

उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताउनुभयो । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

हालसङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाभित्रका पाँचवटा सडकको ठेक्काबाट काम भइरहेको छ । गाउँपालिका–१ स्थित सेरीबजार रारा गाउँ हुँदै बासथाप्लासम्म सडक स्तरोन्नतिका लागि रु ४७ लाख नौ हजारको बोलपत्रबाट काम भइरहेको छ । वडा नंं ३ को कुडारी काटेपुलदेखी–लौरुसम्म ग्रामीण कृषि सडक निर्माणका लागि २३ लाख ३१ हजारमा गत असोज १० गते बोलपत्र आह्वान भई काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र साउदले जानकारी दिनुभयो ।

पालिकाको वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडक निर्माणअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोटसम्म सडक स्तरोन्नतिका लागि एक करोड ५९ लाख ७१ हजारमा ठेक्का आह्वान भई काम जारी छ ।

सोही वडाअन्तर्गत मानेचौरदेखि–राँसा हुँदै चयापाटनसम्म सडक स्तरोन्नति लागि रु ९७ लाख ३२ हजार र वडा नंं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्म सडक स्तरोन्नति लागि रु ८९ लाख २९ हजार र गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन निर्माणका लागि रु एक करोड ३६ लाख ३१ हजारमा गत असोज १२ गते एकै प्याकेजमा ठेक्का आह्वान भएको इन्जिनियर साउदले जानकारी दिनुभयो ।

यसैगरी, चायापाटादेखि खोप्रीगाउँसम्म हरियाली सडक स्तरोन्नति, पातरसागुदेखि लाटिका थानसम्म सडक स्तरोन्नति, घोडेसिम हरियाली सडक निर्माण तथा स्तरोन्नति र सापुल्लीगाउँखोला व्यवस्थापना तटबन्धन योजना निर्माणको बोलपत्र भई काम भइरहेको गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाको भनाइ छ ।

गाउँपालिका– ५ स्थित डुग्री गाउँमा रहेको भुवानी आवि विद्यालयको पक्की भवन निर्माण र दानिवाडा खानेपानी आयोजना निर्माणको कामको समेत ठेक्का भएको तिलागाउँपालिकाले जनाएको छ ।

योजना शाखाका प्रमुख थापाका अनुसार उपभोक्ता समितिबाट निर्माण हुने करिब १२५ वटा योजनामध्ये हालसम्म १५ वटा मात्र योजनाको सम्झौता भई काम अगाडि बढेको छ । बाँकी योजनाको सम्झौताको काम भइरहेको छ । यी सबै योजना चालु आवभित्रै सम्पन्न हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ठेक्काबाट सञ्चालन भएका योजना र उपझोक्ताबाट काम सम्पन्न भएका योजनाको भुक्तानी प्रक्रियाको कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । तीन महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि अर्को प्रमुख प्रशासीय अधिकृत नआइसकेको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार
आजको मौसम : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस
२०८३ असोज २८, बुधबार