श्रावण १७, २०८३ आइतबार August 2, 2026

पेन्सलभेनियामा महावाणिज्यदूतावासद्वारा घुम्ती शिविर सम्पन्न

आफ्नो कार्यक्षेत्र रहेका नौ राज्यमध्ये चार राज्यमा घुम्ती शिविर सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वाशिङ्गटन डिसी (अमेरिका), ९ चैत : न्युयोर्कस्थित महावाणिज्य दूतावासले आइतबार पेन्सलभेनिया राज्यमा घुम्ती शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्ड तथा पर्यटक भिसाका लागि आवेदन दिएका थिए ।

महावाणिज्यदूत दधिराम भण्डारीकाअनुसार न्युयोर्कस्थित महावाणिज्य दूतावासले आफ्नो कार्यक्षेत्र रहेका नौ राज्यमध्ये चार राज्यमा घुम्ती शिविर सञ्चालन गरेको छ । यसबाट करिब एक हजार सेवाग्राहीले सेवा लिएका छन् ।

शिविरसँगै आयोजित अन्तक्र्रियामा सेवाग्राहीहरूले शिविर आयोजना गरेकामा प्रशंसा गरेका थिए । मेरिल्याण्ड राज्यका राज्य सांसद डा हयारी भण्डारी, महावाणिज्यदूत दधिराम भण्डारी, स्थानीय समाजसेवी विनोद मोक्तान, एभरेष्ट क्रेडिट युनियनका कार्यकारी निर्देशक सुमन तिम्सिना, एनआरएन एनसिसीका उपाध्यक्ष दीपक सापकोटालगायतले अन्तरक्रियामा आफ्ना धारणा राखेका थिए । सो अन्तरक्रिया एनआरएन, ग्लोबल तेक्वान्दो एकेडेमी तथा स्थानीय सङ्घसंस्थाको समन्वयमा सम्पन्न भएको थियो ।

पछिल्ला वर्षहरुमा डिसीस्थित दूतावास तथा टेक्सास, क्यालिफोर्निया र न्युयोर्कमा रहेका महावाणिज्य दूतावासले सञ्चालन गर्दै आएका यस्ता शिविरहरूले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार