मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हिमालयन जाभा नेसनल बास्केटबल लिगमा टाईम्सको छैटौँ जित

शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग समान १३ अङ्क बनाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत १० गते । टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा जितको लय जारी राखेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा टाईम्सले कीर्तिपुरलाई ८२–६० ले हरायो । टाइम्सको यो लगातार छैटौँ जित हो ।

जितसँगै टाईम्सले शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग समान १३ अङ्क बनाएको छ । पहिलो क्वाटरमा दुवै टोलीले १२–१२ अङ्क बनाएका थिए । दोस्रो क्वाटरमा टाईम्सले २१–१२ को अग्रता लियो ।

टाईम्सले तेस्रो क्वाटर १७–८ र चौथो क्वाटर ३२–२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । टाईम्सका लागि श्रेयासबहादुर थापाले सर्वाधिक २० स्कोर गर्नुभयो ।  यसअघि आइतबार राति भएको खेलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०३–६८ ले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार