मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तेस्रो संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसलाई

१५ ओभरमा खेलाइएको खेलमा १० टोलीको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), १० चैत: तेस्रो संस्करणको मारवाडी प्रिमियम लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसले जितेको छ । स्वर्गीय सुशील कुमार खेतानको स्मृतिमा वीरगञ्जको आर्दश रङ्शालामा आज भएको फाइनल खेलमा गौरीशङ्कर हिर्टसले अन्नपूर्ण टाइगर्सलाई सात विकेटले हराउँदै उपाधि जितेको हो । सुरुआती ब्याटिङ गरेको अन्नपूर्ण टाइगर्सले १५ ओभरको समाप्तिमा १० विकेट गुमाएर एक सय दुई रन जोड्न सफल भएको थियो ।

जवाफी ब्याटिङ्मा उत्रिएको गौरीशङ्करले १० दशमलव चार ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै उपाधि चुमेको हो । ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, समाजसेवी राजकुमारी खेतान, मारवाडी युवा मञ्जका अध्यक्ष अनुज रुगटा र पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले विजेता टोलीलाई नगद रू चार लाख, मेडल, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गर्नुभयो ।

यस्तै, उपविजेता टोलीले नगद रू दुई लाख पचास हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । १५ ओभरमा खेलाइएको खेलमा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ‘म्याच अफ दी सिरिज’ कृष्ण सोनी हुुनुभयो । यस्तै, उत्कृष्ट ब्याट्सम्यानबाट हर्ष बारा, उत्कृष्ट बलर अभय रुगटा, उत्कृष्ट फिल्डर विनित लोहिया, ‘म्याच अफ दि म्याच’बाट राजन क्याल पुरस्कृत हुनुभयो । यसैगरी ‘मोष्ट भ्यालुएवल खेलाडी’बाट अरपित महतो पुरस्कृत हुनुभयो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानले मारवाडी समुदायमा रहेका खेलाडीबीच भ्रातृत्व र खेलकौशल अभिवृद्धि गर्ने उद्देश्यससहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । ‘आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता जनाउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार