असार ११, २०८३ बिहिबार June 25, 2026

अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप

पाकिस्तानले भारतमाथि पनि आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप सुरु भएको छ । बुधबार भएको संघर्षमा कम्तीमा दुई सर्वसाधारणको ज्यान गएको र आठ जना घाइते भएका अफगान अधिकारीहरूले जनाएका छन्। पाकिस्तानतर्फ पनि एक नागरिक मारिएको स्थानीय सञ्चारमाध्यामले जनाएका छन् ।

ईदको अवसरमा दुवै देशबीच पाँच दिनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको थियो। तर मार्च २५ मा युद्धविराम सकिएसँगै पुनः झडप सुरु भएको हो ।

अफगान पक्षका अनुसार युद्धविराम समाप्त भएपछि पाकिस्तानी सेनाले नरई र सरकानो क्षेत्रमा दर्जनौँ तोप प्रहार गरेको थियो । त्यसको जवाफमा अफगान सीमाबलले पनि गोलीबारी गर्दै तीन पाकिस्तानी सैन्य चौकी ध्वस्त पारेको दाबी गरिएको छ ।

करिब एक साताअघि साउदी अरब, टर्की र कतारको पहलमा दुवै देशले लडाइँ रोक्ने सहमति गरेका थिए । तर त्यसअघि नै पाकिस्तानले मार्च १७ को रात अफगानिस्तानभित्र हवाई आक्रमण गरेको थियो ।

अफगान तालिबान सरकारले ती आक्रमणमा काबुलस्थित लागूऔषध पुनःस्थापना केन्द्रलाई निशाना बनाइएको र ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तर पाकिस्तानले भने नागरिकलाई लक्षित नगरिएको भन्दै हतियार भण्डारणस्थलमा मात्रै आक्रमण गरिएको जनाएको छ ।

यसबीच पाकिस्तान तालिबान भनेर चिनिने तेहरिक ए तालिबान पाकिस्तानले पनि आफ्नो तीन दिने युद्धविराम सकिएपछि पाकिस्तानभित्र फेरि आक्रमण सुरु गरेको जनाएको छ । सन् २०२१ मा अफगान तालिबान सत्तामा आएपछि उक्त समूहले पाकिस्तानमा आक्रमण बढाउँदै आएको छ ।

पाकिस्तानले अफगानिस्तानमाथि उक्त समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर अफगान पक्षले यसलाई अस्वीकार गरेको छ । पाकिस्तानले भने आफ्नो भूमिमा हुने आक्रमण रोक्न आवश्यक परे अफगानिस्तानभित्रै कारबाही जारी राख्ने चेतावनी दिएको छ ।

यसैबीच पाकिस्तानले भारतमाथि पनि आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोप दोहोर्‍याएको छ । तर भारत र अफगानिस्तान दुवैले यस्तो आरोप अस्वीकार गर्दै पाकिस्तानभित्रका घटना आन्तरिक विषय भएको बताएका छन् । दुवै देशबीच आरोप–प्रत्यारोप बढ्दै जाँदा सीमाक्षेत्रको अवस्था झन् तनावपूर्ण बन्दै गएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाटोमाथि इरानको आरोप
२०८३ असार ११, बिहिबार
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार