मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इण्डियन प्रिमियर लिग : रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी शुरूवात

आज आइतबार मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्स खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै बैंगलुरुले विजयी शुरुवात गरेको हो।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १५.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्यो। उसका लागि विराट कोहली र  देवदत्त पाडिकलले अर्धशतकीय इनिङ खेले।

कोहलीले सर्वाधिक ६९ रन बनाउँदा पाडिकलले ६१ रन जोडे। यस्तै, कप्तान रजत पाटीदारले ३१ रनको योगदान दिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्सले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै २०१ रन बनाएको थियो। उसका लागि कप्तान इशान किशनले सर्वाधिक ८० रन बनाउँदा अनिकेत बर्माले ४३ रनको योगदान गरे।

आइपिएलमा आइतबार मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्स खेल्दैछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार