बैसाख १६, २०८३ बुधबार April 29, 2026

तेल नाकाबन्दीबीच क्युबातर्फ रुसी ट्याङ्कर प्रस्थान

रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा तेल बोकेको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको छ ।

करिब सात लाख ३० हजार ब्यारेल तेल बोकेको उक्त ट्याङ्कर आइतबार साँझ क्युबाको समुद्री सीमाबाट केही माइल टाढा पुगेको थियो । उक्त जहाज सोमबार रातिसम्म मातान्जास बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ ।

अमेरिकी तटरक्षकसँग सो क्षेत्रमा ट्याङ्कर रोक्न सक्ने दुई जहाज भए पनि हस्तक्षेप गर्न आदेश दिइएको थिएन । उक्त ट्याङ्कर क्युबा पुगेपछि त्यहाँको चर्किंदो ऊर्जा सङ्कट केही हप्तासम्म कम हुन सक्ने अनुमान गरिएको छ ।

जनवरीदेखि अमेरिकी प्रशासनले क्युबामाथि थप तेल प्रतिबन्ध लगाउँदै आएको छ र बारम्बार सैन्य चेतावनी पनि दिएको छ । अमेरिकाले क्युबामा शासन परिवर्तनको प्रयासबारे पनि विचार गरिरहेको बताइएको छ ।

यसैबीच, रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्युबालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले क्युबाको सार्वभौमिकतामा हस्तक्षेप गर्ने प्रयासको कडा विरोध पनि गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया