बैसाख १६, २०८३ बुधबार April 29, 2026

इरानको नौसेना कमाण्डर तंगसीरीको मृत्यु भएको पुष्टि

गत साता इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक सैन्य कारबाहीमा तंगसीरीसहित केही अधिकारी मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इरानले इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजिसी)  को नौसेना कमाण्डर अलिरेजा तंगसीरीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलक आक्रमणमा गम्भीर घाइते भएपछि उनको ज्यान गएको हो ।

गत साता इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक सैन्य कारबाहीमा तंगसीरीसहित केही अधिकारी मारिएको दाबी गरेका थिए । इरानको पछिल्लो पुष्टिसँगै उक्त हमलामा घाइते भएका तंगसीरीको पछि मृत्यु भएको स्पष्ट भएको छ ।

यसैबीच, इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । अर्धसरकारी समाचार संस्थाका अनुसार उनीहरूलाई अमेरिका-इजरायलसँग जोडिएको विपक्षी समूह मुजाहिदीन-ए-खाल्कसँग सम्बन्ध राखेको आरोप लागेको थियो ।

अधिकारीहरूले ती व्यक्तिमाथि सुरक्षा बलमाथि आक्रमण गरेको आरोप पनि लगाएका छन् । उक्त समूह विगतमा इरान सरकारविरुद्ध सशस्त्र गतिविधिमा संलग्न रहँदै आएको बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया