बैसाख १६, २०८३ बुधबार April 29, 2026

इरान आक्रमणबाट बहराइनमा ४ जना घाइते

दुबई मरीना क्षेत्रमा रहेको अर्को भवनमा पनि यस्तै भग्नावशेष लागे पनि कुनै मानवीय क्षति नभएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इरानले शनिबार खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला अवरोध गरिएका ड्रोनका टुक्रा लागेर बहराइनमा चार जना घाइते भएका छन् ।

बहराइनको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानी आक्रमणका कारण अवरोध गरिएका ड्रोनका टुक्रा सित्रा क्षेत्रमा खस्दा चार नागरिक सामान्य घाइते भएका छन् र केही घरमा क्षति पुगेको छ ।’ घटनास्थलमा उद्धार तथा एम्बुलेन्स टोली खटिएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, यूएईको दुबईमा दुई वटा भवनमा पनि हवाई अवरोधपछि खसेका भग्नावशेष लागेका छन् । तीमध्ये एक भवनमा अमेरिकी क्लाउड कम्प्युटिङ कम्पनी ओरेकल कर्पोरेशनको कार्यालय रहेको जनाइएको छ । दुबई प्रशासनले भवनमा आगो लागेको तर मानवीय क्षति नभएको जनाएको छ ।

दुबई मिडिया अफिसले भनेको छ, ‘दुबई इन्टरनेट सिटीस्थित ओराकल भवनको बाहिरी भागमा हवाई अवरोधका क्रममा खसेको भग्नावशेषका कारण सामान्य घटना भएको हो । यसमा कुनै मानवीय क्षति भएको छैन ।’

त्यस्तै, दुबई मरीना क्षेत्रमा रहेको अर्को भवनमा पनि यस्तै भग्नावशेष लागे पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया