मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हेमन्त धामीको घातक बलिङमा बागमती ध्वस्त, सुदूरपश्चिम शीर्षस्थानमा

धामीले लिए ७ विकेट, बागमतीलाई सुदूरपश्चिमले सजिलै हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशको बलर हेमन्त धामीको उत्कृष्ट बलिङका कयरणले विजयी भएको हो ।

आजको जीतसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । २ सय ९ रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमै अल आउट भएका थिए । बागमतीको हारको मुख्य कारण कमजोर ब्याटिङ रहेको थियो ।

ओपनर शुभ कंसाकारले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए पनि अन्य कुनै पनि व्याट्स म्यानले दोहोरो अंक छुन नसकेपछि बागमती नराम्रोसँग पराजित भएको छ । टोलीले ५ रन अतिरिक्त पाउँदा बाँकी १० खेलाडीले जम्मा ९ रन मात्र बनाउन सको थियो । बागमती प्रदेशका ५ खेलाडी रनको खाता नै नखोली आउट भएका थिए ।

बागमतीलाई ४६ रनमै रोक्न हेमन्त धामी आजको खेलमा उत्कृष्ट वलिङ्ग गरेका थिए । उनले ६ ओभरमा २ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिएका थिए । प्रतियोगितामा उनी २१ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्षस्थानमा पुगेका छन् । शेर मल्लले २ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएका थिए । जनकपुरधाममा भएका सबै खेलमा आजको स्कोर नै बढिरहेको छ ।  ओपनर अभिषेक पाल र राजु रिजालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।

राजु २८ बलमा ४ रन बनाएर आउट भए भने अभिषेक पालले ३५ बलमा ८ चौका प्रहार गर्दै ३९ रन जोडेका थिए । त्यसपछि खडक बोहरा शून्य, किरण ठगुन्ना ५, नरेन भट्ट ६ र मुलन बोहरा खाता नखोली आउट हुँदा सुदूरपश्चिम ६८ रनमै ६ विकेट गुमाएर दबाबमा परेको थिए ।

त्यसपछि दीपक बोहरा र नारायण जोशीले सातौँ विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपक ४० रनमा आउट भए भने आठौँ नम्बरमा आएका नारायण जोशीले उत्कृष्ट अर्ध शतक बनाएका थिए । उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ७५ रन बनाएका थिए । अशोक धामी १७ रनमा अविजित रहेका थिए ।

बागमतीका लागि प्रतिश जिसीले ९ ओभर १ बलमा २६ रन खर्चेर ४ विकेट लिएका थिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ४ विकेट लिएका थिए ।

सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेका छन् भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब ५ खेलबाट ९ अङ्कसहित दोस्रो स्थानमा छ । बागमतीको भने यो प्रतियोगितामा चौथो हार भएको हो । ६ खेलबाट ४ अंक जोडेको बागमती आठौँ स्थानमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार