बैसाख १६, २०८३ बुधबार April 29, 2026

कान्तिपुर हाफ म्याराथनको १४औँ संस्करण बैशाख ५ गते हुने

हाफ म्याराथन दौड पुरा गर्ने सबैलाई मेडल दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कान्तिपुर हाफ म्याराथनको १४औँ संस्करण आगामी वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ । यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।

कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहेका छन् । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै, अन्य ३ विधा कर्पोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचियर रेस ३ किलोमिटरको हुने आयोजक कान्तिपुर मिडिया गुप्रले जनाएको छ ।

मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउने छन् । ह्विलचियर रेसतर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने आयोजकले जनाएको छ ।

कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुँदै तीनकुनेमा आएर दौड टुङ्गिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया