श्रावण १९, २०८३ मंगलबार August 4, 2026

स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता

स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताएका छन् ।

विश्व स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताइन् ।

मन्त्री मेहताले मानव, पशुपन्छी र वातावरण एकअर्काबीच घनिष्ठ सम्बन्ध रहेकाले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नहुँदासम्म मावन जाति पूर्णरुपमा स्वस्थ रहन नसक्ने बताइन्। जनावर तथा पशुपन्छीबाट मानवमा सर्ने रोगको जोखिम बढिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण कीटजन्य रोग वृद्धि भइरहेको जिकिर गरिन्।

“वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु, मस्तिष्काघातजस्ता नसर्ने रोग बढिरहेका छन्”, उनले भनिन्, “मानव र पशुन्छीमा ‘एन्टीमाइक्रोवियल’ औषधिको अत्यधिक र जथाभावी प्रयोगले ‘प्रतिजैविक प्रतिरोध’ले ठूलो समस्या निम्त्याएको छ, यसतर्फ अब सजग हुनुपर्छ ।”

मन्त्री मेहताले रोगको सम्भावित जोखिम कम गर्न व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई खोप लगाउन, स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै एन्टीबायोटिक औषधि प्रयोग गर्न र वातावरण स्वच्छ राख्नेतर्फ आमजनतालाई आह्वान गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार