असार ३०, २०८३ मंगलबार July 14, 2026

आईपीएलमा लखनउको कमब्याक जित, कोलकाता स्तब्ध

बधोनी र चौधरीको अर्धशतकमा लखनउको शानदार विजय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले कोलकता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।

भारतको इडेन गार्डेन्समा बिहीबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय८१ रन बनाएको हो । जवाफी ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रनमा लक्ष्य पूरा गर्‍यो ।

लखनउका आयुष बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्शले १५, एडेन मार्करमले २२, ऋषभ पन्तले १० तथा निकोलस पूरनले १३ रनको योगदान दिएका छन् ।

कोलकताका लागि वैभव अरोरा र अनुकूल रोयले २–२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १–१ विकेट लिए ।

कोलकाताका लागि अजिंक्य रहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभम्यान पावेलले ३९ रन जोडे । लखनउका लागि प्रिन्स यादव, मणिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १–१ विकेट लिए ।

आईपीएल क्रिकेटमा शुक्रबार राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बीच खेल हुँदैछ । खेल गुवाहाटीमा राति पौने ८ बजेदेखि शुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया