श्रावण १८, २०८३ सोमबार August 3, 2026

बक्यौता नतिर्ने मेडिकल तथा डेन्टल कलेजलाई २१ दिनभित्र शुल्क बुझाउन निर्देशन

२१ दिनको समयसीमा तोकेर बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्नासम्बन्धी शुल्क बक्यौता नबुझाएका विभिन्न चिकित्सा शिक्षण संस्थालाई तीन साताभित्र अनिवार्य रूपमा रकम बुझाउन निर्देशन दिएको छ।

काउन्सिलका अनुसार स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गरिरहेका केही मेडिकल र डेन्टल कलेज तथा प्रतिष्ठानहरूले विद्यार्थी भर्ना बापत तिर्नुपर्ने शुल्क पटक-पटकको अनुरोधपछि पनि नबुझाएको पाइएको छ। सोही कारण २१ दिनको समयसीमा तोकेर बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना जारी गरिएको हो।

निर्धारित अवधिभित्र रकम नबुझाइएमा सम्बन्धित संस्थामा विद्यार्थीको परीक्षण दर्ता प्रक्रिया तथा विदेशी नागरिक चिकित्सक-शिक्षकहरूको दर्ता सेवा रोक्का गरिने काउन्सिलले जनाएको छ।

यसबाहेक, तोकिएको समयसीमा पालना नगर्ने कलेज तथा प्रतिष्ठानहरूको बक्यौता रकमसहितको विवरण सार्वजनिक गर्ने चेतावनीसमेत काउन्सिलले दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया