मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विराट गोल्ड कप फुटबल प्रतियोगिताः झापा विजयी

विजेता हुने समूहले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, २९ चैतः विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु भएको पहिलो उद्घाटन खेलमा झापा-११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २-१ गोलले पराजित गरेको हो ।

झापाका खेलाडीले फागुराम थारूले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गरेका थिए भने आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काएका थिए । शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारूले नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन् ।

‘फुटबलको पर्व, विराटनगरको गर्वः विराट गोल्डकप’ नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल पुलिस क्लब (काठमाडौँ), त्रिभुवन आर्मी फुटबल क्लब (काठमाडौँ), मच्छिन्द्र फुटबल क्लब (काठमाडौँ), नेपाल एपिएफ फुटबल क्लब (काठमाडौँ), चर्च ब्वाइज युनाइटेड फुटबल क्लब (काठमाडौँ), सम्राट स्र्पोटिङ क्लब (विराटनगर), झापा–११ फुटबल क्लब (झापा) र भारत झारखण्डको विर्षामुण्डा फुटबल एकेडेमी सहभागी छन् ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विराटनगर गोल्डकपको ३८औँ संस्करणमा विजेता हुने समूहले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोलरक्षकलाई रु १५ हजार, सर्वाधिक गोलकर्तालाई रु १५ हजार, सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताउनुभयो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशमा खेलकुद क्षेत्रको विकासलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आजको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार