बैसाख १६, २०८३ बुधबार April 29, 2026

कच्चा तेलको मुल्य फेरी बढ्यो, सय डलर नाघ्यो

केही देशका जहाजहरू सीमित रूपमा सञ्चालनमा रहे पनि समग्र आपूर्तिमा अवरोध हुँदा विश्वभर ऊर्जा मूल्यमा तीव्र वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रति ब्यारेल १०० डलर नाघेको छ । ऊर्जा बजारमा तनाव बढेसँगै मूल्यमा तीव्र उछाल देखिएको हो ।

वैश्विक मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य ७.३ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.३० डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट ८.७ प्रतिशतले बढेर १०४.९४ डलरमा कारोबार भइरहेको छ ।

अमेरिका र इरानबीचको वार्ता कुनै नयाँ सहमति बिना टुंगिएपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा कडाइ गर्ने संकेत दिएपछि बजारमा अनिश्चितता बढेको हो ।

यसअघि गत बुधबार वासिङ्टन र तेहरानबीच दुई साताको सर्तसहित युद्धविराम सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा निकै तल झरेको थियो । त्यस क्रममा ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्य खुला राख्ने कुरा पनि गरिएको थियो ।

तर फागुन २८ देखि सुरु भएको द्वन्द्वका कारण आपूर्ति झन्डै अवरुद्ध अवस्थामा रहेको छ । केही देशका जहाजहरू सीमित रूपमा सञ्चालनमा रहे पनि समग्र आपूर्तिमा अवरोध हुँदा विश्वभर ऊर्जा मूल्यमा तीव्र वृद्धि देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया