असोज २६, २०८३ सोमबार October 12, 2026

काठमाडौंमा आजदेखि साझा यातायातको रात्रिकालीन बस सेवा सुरु

रात्रिकालीन सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने यात्रुहरूलाई सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । साझा यातायातले काठमाडौं उपत्यकामा आज (१ वैशाख)देखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौं, ललितपुर, बुढानिलकण्ठ र चन्द्रगिरी नगरपालिकाको सहकार्यमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सञ्चालन हुनेछ।

दुई मुख्य रुटमार्फत सञ्चालन हुने सेवामा लगनखेल–बुढानिलकण्ठ र थानकोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जोडिनेछन्, जसमा नयाँ सडकलाई प्रमुख ट्रान्जिट बिन्दु बनाइएको छ।

यात्रु सुरक्षाका लागि प्रत्येक बसमा सीसीटिभी जडान गरिएको छ भने नगर प्रहरीले समेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ। रात्रिकालीन सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने यात्रुहरूलाई सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२०८३ असोज २६, सोमबार
एनएमबी बैंकको ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु
२०८३ असोज २६, सोमबार
पृथ्वी राजमार्ग आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
२०८३ असोज २६, सोमबार
चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा
२०८३ असोज २६, सोमबार
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
२०८३ असोज २६, सोमबार
एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता
२०८३ असोज २६, सोमबार