श्रावण १८, २०८३ सोमबार August 3, 2026

धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु

दाँतसम्बन्धी उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास, ५ वैशाखः धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ । आजदेखि अस्पतालमा दन्त सेवा सुरु भएको हो । दाँत फाल्ने, सफा गर्ने र औषधि प्रदान गर्ने सेवा अस्पतालबाट प्रदान हुनेछ ।

औषधि र दाँत फाल्ने सेवा स्वास्थ्य बिमामा समावेश गरिएको छ । आज गुल्मी अस्पतालका डेन्टल हाइजेनिष्ट सुनील गैरेले सेवा प्रदान गरे । अर्को महिनाबाट दाँतसम्बन्धी विशेषज्ञ डाक्टरले सेवा दिनेछन् ।

दाँतसम्बन्धी उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुनेछ । अस्पतालमा पछिल्लो समय सेवासुविधा थपिँदै गएका छन् । चार महिना अगाडिबाट अस्पतालमा आँखासम्बन्धी सेवा पनि थप गरिएको छ । ग्रामीण भेगका गरिब एवं विपन्न नागरिकलाई लक्षित गर्दै सेवा सुरु गरेको पालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।

“संविधानमा सबै नागरिकको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सरकारकोतर्फबाट क्रमशः त्यसैलाई पूरा गर्दैछौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार