श्रावण १८, २०८३ सोमबार August 3, 2026

पनौतीमा नगर अस्पताल सञ्चालन

अस्पताल भवन निर्माण सम्पन्न भएपनि अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख रामशरण भण्डारी र नगर उपप्रमुख गीता बञ्जाराले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । अस्पताल भवन निर्माण सम्पन्न भएपनि केही समयदेखि विविध कारण सेवा सुरु नगरिएको अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको हो ।

अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिनलगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएको भण्डारीले बताउनुभयो । उहाँले नगरले आफ्ना नागरिकको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।

अस्पताल सञ्चालनमा ल्याइएपछि पनौती नगर मात्र होइन आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउने भएका छन् । यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिने जनाइएको छ । अस्पतालमा फार्मेसी सेवासमेत सञ्चालनमा ल्याई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि वितरण गरिने भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको सेवा क्रमशः विस्तार गर्दै थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लगिनेछ । हाल बागमती प्रदेश सरकारले उपलब्ध गराएको रु ४० लाख बजेटले आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको छ ।

तत्कालीन अवस्थामा जाइकाले निर्माण गरी सञ्चालन गरेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रुपमा विकास गर्ने योजनाअनुसार थप निर्माण गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । रु छ करोडको लागतमा अस्पताल निर्माण भएको जनाइएको छ ।

अस्पताल सञ्चालनमा आएपछि पनौती नगरका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । पनौती नगरमा उक्त अस्पतालसहित १५ स्वास्थ्य संस्था सञ्चालनमा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार