असोज २६, २०८३ सोमबार October 12, 2026

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ वैशाखः बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार
नवरात्रको दोस्रो दिन: शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको लर्को
२०८३ असोज २६, सोमबार
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
२०८३ असोज २६, सोमबार
कर्णालीमा बेरुजु घटाउन मुख्यमन्त्री शाहीको निर्देशन
२०८३ असोज २६, सोमबार
बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
२०८३ असोज २६, सोमबार
साउदी अरेबियाका दुई विमानस्थलमा हुथीको आक्रमण, एक पाकिस्तानीसहित १३ जनाको मृत्यु
२०८३ असोज २६, सोमबार
रूस र युक्रेन ‘ऊर्जा युद्धविराम’का लागि सहमत भएको ट्रम्पको दाबी
२०८३ असोज २६, सोमबार