बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह

भारतीय नागरिकहरूलाई अवस्था सहज नभए सम्म इरान यात्रा नगर्न सल्लाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली । इरान स्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सूचना जारी गरेको छ ।

सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकहरूलाई आवश्यक समन्वय गरेर स्वदेश फर्कन  सल्लाह दिएको छ ।

पछिल्लो समयमा भारत र इरानबिच केही उडानहरू सुरु भएको रिपोर्टहरूलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अवस्था सहज नभए सम्म इरान यात्रा नगर्न सल्लाह दिइएको जनाएको छ । क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र परिचालन अनिश्चितताले इरानका लागि अन्तर्राष्ट्रिय उडानमा असर गरिरहेको दूतावासले जनाइएको छ ।

दूतावासले यस अघि अप्रिल – ८ मा यस्तै सुझाव जारी गरी भारतीय नागरिकहरूलाई तुरुन्त इरान छोड्न आग्रह गरेको थियो । दूतावासले यात्रा गर्नु अघि दूतावाससँग आवश्यक समन्वय गर्नुपर्ने पनि बताएको छ ।

यस अघिको सुझावको निरन्तरता र हालैको घटनाक्रमको आधारमा इरानमा रहेका भारतीय नागरिकहरूलाई दूतावाससँगको समन्वयमा र दूतावासले सुझाएका मार्गहरू प्रयोग गरेर इरानबाट छिटो बाहिरिन आग्रह गरेको जनाइएको छ ।

मध्य पूर्वमा हालैका घटनाक्रमका बारेमा अन्तर–मन्त्रीस्तरीय कार्यक्रममा बोल्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले फेब्रुअरी –२८ देखि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत आएको बताउनु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपमा पुलिसलाई २–१ गोलले हराउँदै आर्मीको उपाधि यात्रा तय
२०८३ बैसाख १२, शनिबार
चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण सुरु, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास हुँदै
२०८३ बैसाख ११, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सीता जयन्तीको शुभकामना
२०८३ बैसाख ११, शुक्रबार
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह
२०८३ बैसाख ११, शुक्रबार
पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ
२०८३ बैसाख ११, शुक्रबार
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल भानुआटुसँग पराजित
२०८३ बैसाख ११, शुक्रबार
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
२०८३ बैसाख ११, शुक्रबार