बैसाख १४, २०८३ सोमबार April 27, 2026

मालीमा सैन्य आक्रमण, रक्षा मन्त्री सादियो क्यामारा मारिए

सैन्य सहर काटीस्थित क्यामाराको निवासमा अल–कायदा सम्बद्ध समूह र टुआरेग विद्रोहीहरूले एकैसाथ आक्रमण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माली, असार १४ गते । मालीका सैन्य स्थलहरुमा भएको आक्रमणमा परी मालीका रक्षा मन्त्री जनरल सादियो क्यामाराको मृत्यु भएको छ । सरकारका प्रवक्ता इस्सा उस्माने कुलीबालीले यस घटनाको पुष्टि गर्नुभएको अल जजीराले उल्लेख गरेको छ ।

सरकारी प्रवक्ता कुलीबालीका अनुसार शनिबार भएको आक्रमणमा क्यामाराको निवासलाई लक्षित गरी आक्रमणकारीहरूले हमला गरेका थिए, हमलामा रक्षा मन्त्री सालियोको मृत्यु भएको हो ।

राजधानी बामाको नजिकै रहेको अत्यन्तै सुरक्षीत सैन्य सहर काटीस्थित क्यामाराको निवासमा अल–कायदा सम्बद्ध समूह र टुआरेग विद्रोहीहरूले एकैसाथ आक्रमण गरेका थिए ।

क्यामारा सन् २०२० र २०२१ मा भएका लगातार सैन्य ‘कू’ पछि सत्तामा आएको सैन्य सरकारका प्रमुख पात्रमध्ये एक हुनुहुथ्यो । उहाँलाई शासन प्रणालीभित्र अत्यन्त प्रभावशाली व्यक्तित्वका रूपमा लिइन्थ्यो र केहीले उहाँलाई भविष्यका सम्भावित नेताका रूपमा पनि हेर्ने गरेका थिए ।

अल जजिराका संवाददाता निकोलस ह्याकका अनुसार आक्रमणकारीहरूले काटीस्थित क्यामाराको निवासमा आत्मघाती कार बम आक्रमण गरेका थिए । काटी राजधानी बामाकोबाट करिब १५ किलोमिटर उत्तर–पश्चिममा रहेको कडा सुरक्षायुक्त सैन्य सहर हो, जहाँ अन्तरिम राष्ट्रपति असिमी गोइता पनि बसोबास गर्छन् ।

आक्रमणमा क्यामाराकी दोस्रो पत्नी र उहाँका दुई नातिनातिनाको पनि मृत्यु भएको एएफपी समाचार संस्थाले जनाएको छ ।

ह्याकका अनुसार अत्यन्तै सुरक्षित मानिने काटी क्षेत्रमा समेत अल–कायदा सम्बद्ध जमाअत नुसरत अल–इस्लाम वल–मुस्लिमिन र टुआरेग लिबरेशन फ्रन्टका लडाकुहरूले संयुक्त रूपमा आक्रमण गर्न सफल भएका थिए । यसैबिच, अन्तरिम राष्ट्रपति असिमी गोइता सुरक्षित स्थानमा सुरक्षित रहेको पनि जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई
२०८३ बैसाख १४, सोमबार
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
२०८३ बैसाख १४, सोमबार
काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
२०८३ बैसाख १४, सोमबार
सञ्चार मन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेट
२०८३ बैसाख १४, सोमबार
मालीमा सैन्य आक्रमण, रक्षा मन्त्री सादियो क्यामारा मारिए
२०८३ बैसाख १४, सोमबार
वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै
२०८३ बैसाख १४, सोमबार
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरुद्धको रिटमा कारण देखाऊ आदेश
२०८३ बैसाख १४, सोमबार