श्रावण १८, २०८३ सोमबार August 3, 2026

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

भोली वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ वैशाख : टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडावडामा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । उहाँले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताउनुभयो । त्यसपछि प्रत्येक वडामा तीनतीन दिनको तालिका बनाएर स्वास्थ्य सेवा उपलब्ध गराइने नगरपालिकाले उहाँले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन ३० वर्षभन्दा माथिका नागरिकका लागि नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) गरिनेछ । यसअन्तर्गत तौल र उचाइको अनुपात बीएमआई, रक्तचाप, सुगर, पिसाबमा एल्बुमिन, क्षयरोगको खकार परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर भीआइए परीक्षण गरिने नगरपालिकाले जनाएको छ । परीक्षणका क्रममा स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारका लागि दोस्रो दिनको शिविरमा पठाइनेछ ।

दोस्रो दिन वडाभित्र स्थायी रूपमा बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिक र ६० देखि ७० वर्ष उमेर समूहका लक्षित वर्गलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो । सोही दिन प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार थाइराइड र (प्रोस्टेट)को परीक्षण भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने व्यवस्था मिलाइएको छ ।

तेस्रो दिन विशेषज्ञ चिकित्सकले रिपोर्टका आधारमा बिरामीलाई निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र आवश्यकताअनुसार थप उपचारका लागि अन्य अस्पतालमा रेफर (प्रेषण) गर्नेछन् । नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र विशेषज्ञ सेवासहितको यस कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार