श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जेनजी घाइतेको विवरण सार्वजनिक

नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ वैशाख । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो ।

पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ । “निर्वाचनपछि नयाँ सरकार बनपछि थप हामीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र अन्य ठाउँबाट २५० जनाको नाम आएको थियो,” उनले भने, “तर मन्त्रालयको मापदण्डअनुसार २२ जना मात्र घाइतेको प्रमाणीकरण गरी सूचीकृत गरिएको हो ।”

केन्द्रका प्रमुख डा बुढाथोकीले ती २२ जनाको नाम गत भदौ २३ र २४ गतेको अस्पतालमा भएको ‘रेकर्ड’ र अस्पतालको प्रमुखले प्रमाणीकरण पठाएपछि मात्र मन्त्रालयले प्रमाणीकरण गरी सूचीकृत गरेको बताए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका ९९ अस्पतालमा घाइतेको उपचार भएको थियो । नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको उनले बताए । जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार