बैसाख २१, २०८३ सोमबार May 4, 2026

अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ

द्रुत र समन्वित कारबाहीले मात्र स्वास्थ्य जोखिम नियन्त्रण गर्न सकिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्राइया, २१ वैशाख (रासस/एएफपी) :विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ ) का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।

उक्त घटना अर्जेन्टिनाको उशुआइया बाट केप भर्डे तर्फ जाँदै गरेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हालसम्म एक जनामा प्रयोगशालाबाट हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप पाँच जनामा सङ्क्रमणको शङ्का गरिएको छ । कुल छ जना प्रभावितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन् ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यो घटना ‘गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी रोग’ को रूपमा देखा परेको थियो, जसले कम्तीमा दुई जनाको ज्यान लिएको र एक जना जोहानेसबर्गमा गम्भीर अवस्थामा रहेको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमा पुष्टि भएको हान्टाभाइरस सामान्यतया मुसा वा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्छ । संगठनले कहिलेकाहीँ मानिस–मानिसबीच पनि सर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै गम्भीर श्वासप्रश्वाससम्बन्धी जटिलता निम्त्याउन सक्ने बताएको छ ।

प्रारम्भिक विवरणअनुसार जहाजमा रहेका ७० वर्षका एक पुरुष यात्रुमा पहिलो पटक लक्षण देखिएको थियो, जसको जहाजमै मृत्यु भएको हो । उहाँकी ६९ वर्षीया श्रीमतीलाई पछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उहाँको पनि मृत्यु भएको छ ।

तेस्रो मृतक एक ६९ वर्षीय बेलायती नागरिक भएको जनाइएको छ, जो हाल जोहानेसबर्गमा गम्भीर अवस्थामा उपचाररत छन् ।
विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जालमार्फत प्रभावित यात्रुहरूको चिकित्सा उद्धार, जोखिम मूल्याङ्कन तथा आपतकालीन प्रतिक्रिया जारी रहेको जानकारी दिनुभएको छ । उहाँले द्रुत र समन्वित कारबाहीले मात्र स्वास्थ्य जोखिम नियन्त्रण गर्न सकिने बताउनुभयो ।

यस घटनापछि जहाजका सञ्चालक तथा सम्बन्धित देशहरूबीच थप उपचार, आइसोलेसन र यात्राको आगामी योजना सम्बन्धी छलफल भइरहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
२०८३ बैसाख २१, सोमबार
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
२०८३ बैसाख २१, सोमबार
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
२०८३ बैसाख २१, सोमबार
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार