श्रावण १७, २०८३ आइतबार August 2, 2026

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ।

आज सम्पन्न भएको मतगणनामा उहाँले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिए। डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटत प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए।

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन्। यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएका छन्।

कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन्। सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका हुन्। सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार